
हेटौँडा/ चितवनको गामबेसी चेपाङ संरक्षण केन्द्रमा आश्रित १५० चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । अष्ट्रियामा बस्ने माया मुलर र एलमर मुलरले खाद्यान्न सहयोग गरेका हुन् ।
उनीहरूको आफ्नै सामाजिक संस्था धन्यवाद नेपाल हिल्फेमार्फत सहयोग गरिएको हो । माया लामा (मुलर)को घर चितवनको माडी भए पनि हाल अष्ट्रियामा बस्दै आएका छन् ।
उनीहरूले चितवनको रत्ननगरस्थित संरक्षण केन्द्रमा पुगेर चामल, दाल, आलु, मसलासहितको खाद्यान्न सहयोग गरेको केन्द्रका संयोजक श्रीलाल परियारले जानकारी दिए ।


सेयर गर्नुहोस्