हेटौँडा / नेपाली कांग्रेसका जिल्ला सदस्य अर्जुन दाहालले नेपालि कांग्रेस परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन । यसै बीच उनले नेपाली कांग्रेस भित्र नै गुट उप गुटका कारण पार्टी परित्याग बताएका हुन । कांग्रेस मकवानपुरका जिल्ला सदस्य अर्जुन दाहालले नेपाली कांग्रेसको अधिवेशनमा मकवानपुरगढी गाउँपालिकाको सभापति पदमा समेत उम्मेदवारी घोषणा गरेका थिए । नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट दाहाल क्रियाशील सदस्य भए उनी कांग्रसको १३ औं अधिवेशनबाट पार्टीको जिल्ला सदस्य पनि भएका थिए ।
लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय दाहाल अचानक पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन । नेकपा एमाले समाजवादी पार्टीमा प्रवेश गरे पनि सेवामा निरन्तर लागि पर्ने साथै आवाज विहिनहरुको आवाज बनेर अगाडि बढ्ने अर्जुन दाहालले हेटौँडा टुडेलाई बताए । नेपाली कांग्रेस परित्याग गरेतापनि आफ्नो हेर्ने दुष्टिकोण भने सदैव उच्च रहने, गाली गलौचको पछाडि नलाग्ने बताए । आफु सधै राम्रा कामका पछि लाग्ने भएकाले राम्रो पार्टिको साथ दिनुपर्छ भनेर नै लागि परेको बताए ।
शुक्रबार एक कार्यक्रमका बीच हेटौंडा पार्टी कार्यालयमा केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले टिका र खादा लगाएर दाहाललाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले नेकपा एकीकृत समाजवादी पार्टी लोकतन्त्र र संविधानको रक्षाको लागि सदैव प्रतिवद्ध रहेको बताए ।