![](https://www.hetaudatoday.com/wp-content/uploads/2021/09/hetauda-today-news-pic-.jpg)
थाहानगर/नेकपा एमाले थाहानगरपालिकाको अधिवेशन यही कात्तिक १३ गते हुने भएको छ । थाहानगर अधिवेशन आयोजक कमिटीको बुधबार बसेको बैठकले पालिका अधिवेशनको मिति अनुसार थाहानगर अधिवेशन कात्तिक १३ गते गर्ने निर्णय गरेको हो ।
अधिवेशनमा आयोजक कमिटीका ७५ जना, निर्वाचित जनप्रतिनिधि, प्रत्येक वडाबाट २ संगठित सदस्य बराबर १, २ महिला बराबर १ र अन्यबाट कुल संगठित सदस्य संख्याको २० प्रतिशत अर्थात ५ बराबर १ प्रतिनिधि छनौट गर्ने निर्णय भएको नगर सचिव कुमार नेगीले जानकारी दिए । उनका अनुसार, नगर अधिवेशनमा कुल ३ सय ३८ जना जना प्रतिनिधिले सहभागिता जनाउनेछन् ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित कुल ७५ सदस्यीय नगर कमिटी गठन गर्ने विधानमा व्यवस्था छ । बैठकले नगर अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।
बैठकले कात्तिक ५ गतेभित्र सदस्यता नवीकरण गरी सबै वडाहरुको अधिवेशन कात्तिक ६ गते सम्पन्न गरी प्रतिनिधि छनौट गरी नगर अधिवेशन कमिटीमा बुझाउन सर्कलरसमेत गरेको सचिव नेगीले बताए ।
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/08/hetauda-today-add-1-1.gif)