हेटौँडा/ नेकपा एमाले मकवानपुरका संगठित सदस्यसहित २ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका छन् ।
एमाले संगठित सदस्य एवं जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका सहायक ब्यबस्थापक दामोदर अधिकारी र बकैया(५ का पदम बहादुर विश्वकर्मा कांग्रेस प्रवेश गरेका हुन् ।
कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नम्बर २ का संघीय सभापति यतिराज सापकोटा, ट्रेड युनियन कांग्रेस प्रदेश उपाध्यक्ष कुमार पौडेल, नेताहरू राजु गौतम, बिजेन्द्र अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
सेयर गर्नुहोस्