बकैया एमालेको ११ वटा वडामा नयाँ कार्यसमिति, १० नम्बर वडाको ९ गते

हेटौंडा टुडे
७ कार्तिक २०७८, आईतवार १२:३८

हेटौँडा/ नेकपा एमाले बकैया गाउँपालिकाको १२ वटा वडा मध्ये शनिबार ११ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

गाउँपालिकाको १० नंबर वडा बाहेक सबै वडामा वडा अधिवेशन नयाँ कार्यसमिति चयन गरिएको एमाले मकवानपुरको जिल्ला सदस्य एंव बकैया गाउँपालिकाको उपाध्यक्ष सरला बोलखेले जानकारी दिईन् ।

उनले गाउँपालिकाको वडा नंबर १० मा प्राविधिक कारणले शनिबार वडा अधिवेशन हुन नसकेको र उक्त वडाको वडा अधिवेशन ९ गते मंगलबार हुने बताईन् ।

यि हुन् एमाले बकैयाका वडा अध्यक्षहरुस्
बकैया १ नंबर वडामा टेक बहादुर भोम्जन
बकैया २ नंबर वडामा इन्द्र बहादुर स्याङ्गतान
बकैया ३ नंबर वडामा बाबूराम डँगोल
बकैया ४ नंबर वडामा मिन बहादुर आले
बकैया ५ नंबर वडामा लाल बहादुर जिम्बा
बकैया ६ नंबर वडामा यम बराल
बकैया ७ नंबर वडामा पूर्ण प्रसाद तिमल्शिना (उद्दब)
बकैया ८ नंबर वडामा फूलराज स्याङ्गतान
बकैया ९ नंबर वडामा वीर बहादुर भोलन
बकैया १० नंबर वडामा प्राविधिक कारणले हुन नसकेको (कात्तिक ९ गते शनिबार वडा अधिवेशन हुने)
बकैया ११ नंबर वडामा सुकराम भोम्जन
बकैया १२ नंबर वडामा जगत बहादुर घले

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*