हेटौँडा / मकवानपुरगढी गाउँपालिकाका ३ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता चन्द्र बञ्जरासहित प्रकाश रिमाल र विकास पुडासैनी नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर २ का संघीय सभापति यतिराज सापकोटा, मकवानपुरगढी गाउँपालिका सभापति राजबिर मोक्तान, बकैया गाउँपालिका सभापति दिलबहादुर बोम्जन, मकवानपुरगढी–४ का सभापति दिपेश दाहाल, युवा नेता सागर तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।
सेयर गर्नुहोस्