कृष्णकुमार गुप्ता (अग्रवाल) प्यानललाई जिताउन महेन्द्र राउत निस्के घरदैलोमा

हेटौंडा टुडे
७ कार्तिक २०७८, आईतवार १९:४७

हेटौंडा । आसन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार घोषणा गरेका युवा व्यवसायी महेन्द्र राउतले अर्का उम्मेदवार कृष्ण कुमार गुप्ता (अग्रवाल) लाई मत माग्दै घरदैलो कार्यक्रममा आफू पनि उपस्तिथित भई सहयोग गरेका छन् । राउतले अग्रवालको  प्यानलला जिताउनको लागि आम मतदाता व्यवसायीलाई आग्रह समेत गरेका छन् ।                       कार्तिक  ९ गते मंगलबार  हुने निर्वाचनको लागि राउतले आज आइतबार अग्रवाल प्यानललाई सहयोग गर्ने भनी प्रतिवद्धता गर्दै हेटौंडा बजारका व्यवसायी माझ मत मागेका छन् । उनी गत निर्वाचनमा कृष्ण कटुवाल सँग पराजित भएका छन् ।

तीन जनाको प्यानल सहित उम्मेदवारी रहेकोमा केहि दिन अघिदेखि राउत प्यानलका उम्मेदवार अग्रवाल प्यानलमा समिकरण भएपश्चात राउत आजबाट खुलेर लागेका हुन् । संघको नयाँ समितिका लागि अर्का अध्यक्ष उम्मेदवार राजकुमार न्यौपाने प्यानल लागि परेको छ ।

यी दुवै प्यानलबाट भोली सोमबार उम्मेदवार दर्ता भएसँगै मंगलबार निर्वाचन प्रक्रिया अघि बढ्ने संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*