हेटौँडा/ मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालका लागि दुइवटा भेण्टीलेटर सहयोग जुटेको छ । कोरोना महामारीमा अब बालबालिका बढी जोखिममा रहेकोले उनीहरुको सहज रुपमा उपचार गर्नका लागि भेण्टीलेटर सहयोग गरिएको हो । बुद्धीष्ट चुची फाउण्डेशनले अस्पतालका लागि भेण्टीलेटर सहयोग गरेको हो ।बालबालिका देखि बृद्ध सम्मलाई सहजै रुपमा उपचार गर्न सकिने भेण्टीलेटर बुद्धीष्ट चुची फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवाललाई हस्तान्तरण गर्नुभयो । फाउण्डेसनले ग्लोब्स, मास्क र अरु मेडीकल सामाग्री पनि हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्दै मन्त्री कटुवालले कोरोनाकै कारण स्वास्थ्य क्षेत्रमा निकै सुधार भइरहेको वताउनुभयो । सहयोगमा आएको ६० लाखको सामाग्री राख्ने मात्र हाइनकी प्रयोगमा ल्याइने वताउनुभयो । कोभीडलाई अवसरको रुपमा बदल्न प्रदेश सरकार तयार रहेको उहाँले वताउनुभयो । कार्यक्रम प्रतिष्ठानका उपकुलपती डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको हो ।