मउवासंघको निर्वाचन: परिचयपत्र अनिवार्य, मोबाईल निषेध

हेटौंडा टुडे
९ कार्तिक २०७८, मंगलवार १०:३०

हेटौँडा  । आज भईरहेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा मोबाईल निषेध गरिएको छ । चुनावमा मतदानको लागि सहभागि हुनेले मोबाईल लैजान नपाईने निर्णय गरिएको छ । यस्तै, मतदातालाई परिचयपत्र अनिवार्य गरिएको छ । परिचय खुल्ने नागरिकता, लाईसेन्स, निर्वाचन आयोगले उपलब्ध गराएको परिचयपत्र वा संघको कार्ड अनिर्वाय रहेको निर्वाच अधिकृत ईश्वर राज ढकालले जानकारी दिए ।, पल्पसा हलमा भएको निर्वाचन केन्द्रको सुरक्ष व्यवस्थापनलाई कडा बनाईएको ढकालले जानकारी दिएका छन । मतदान बिहान ९ देखि ४ बजेसम्म मतदान गर्न सकिनेछ ।

कोरोनाको जोखिम कायमै रहेकाले एउटा लाईनमा २० जना भन्दा बढी नराख्ने गरी तयारी भई्रहेको र कोरोनाका कारण स्वास्थ्य सुरक्षका मापदण्डलाई पालना गर्न निर्वाचन अधिकृत ढकालले मतदाताहरुलाई अनुरोध गरेका छन । अध्यक्षको लागि छुट्टै मतपत्रको व्यवस्था गरिएको र सम्बन्धित क्षेत्रको उपाध्यक्ष र कार्यसमिति सदस्य तथा अध्यक्षलाई मतदान गर्न पाउने छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*