
हेटौंडा । हिजो मंगलबार भएको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी भएका छन् ।
उनले अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै ३७० मत ल्याई विजयी भएका हुन् । श्रेष्ठले भने ३१९ मत प्राप्त गरेकी थिइन् । उद्योगमा ८९० मतदाता मध्ये ७५३ मत खसेको थियो । यसैगरी सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् ।


सेयर गर्नुहोस्