हेटौँडा/ मकवानपुर उद्योग बाणिज्यसंघको चुनाबमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी हुनु भएको छ ।
यसैगरी एसोसीयट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईं बिजयी हुनु भएको छ ।
वस्तुगतमा अधिकारीले १८ मत पाएर विजयी हुनु भएको हो । उपाध्यक्ष पदका अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गर्नु भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ मतगणनामा एसोसियट उपाध्यक्षमा उज्वल चौलागाई निर्वाचित हुनु भएको छ । निर्वाचनमा अर्का उम्मेदवार विष्णु खनाललाई हराउदै चौलागाई एसोसियट उपाध्यक्षमा चौलागाई निर्वाचित हुनु भएको हो । चौलागाईले ६३ मत प्राप्त गर्दा खनालले ५० मत प्राप्त गर्नु भएको छ । त्यसैगरी एशोसिएट सदस्यमा अंकिता सुमार्गी, गणेशप्रसाद भेटुवाल र राजाराम कार्की र दिपक उप्रेती निर्वाचित हुनु भएको छ ।
सेयर गर्नुहोस्