मउवा संघ निर्वाचन अपडेट : वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी

हेटौडा टुडे
१० कार्तिक २०७८, बुधबार ११:२९

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् । केहिबेर अघि आएको मतपरिणाम अनुसार अग्रवालले ६ सय ७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । यसैगरि उनका निकटतम प्रतिद्धन्दी राम प्रसाद न्यौपानेले ६ सय १८ मत प्राप्त गरेका छन् ।

वाणिज्यमा १८७० मतदाता मध्ये १५१५ मत खसेको थियो । वाणिज्यको सदस्य तर्फ भने अनिलभक्त श्रेष्ठ ७५८ कुलप्रसाद चौलागाई ९०३ कृष्णप्रसाद ढुङ्गाना ५९७ जावेद हुसेन ५८३ , दामोदर पाठक ६३४ ,दीपक खत्री ५९७ , दिवस पराजुली ६५८ , नेत्रप्रसाद खतिवडा ७२३, बालकृष्ण बजगाई६०७ विष्णुप्रसाद दाहाल ५९२ माधव ज्ञवाली ६८३ , विकेशलाल श्रेष्ठ ८७० सुदर्शन खरेल ७७१ हरिनारायण ठाकुर ३६२ ले मत प्राप्त गरेका छन् । जसमा अनिलभक्त श्रेष्ठ, कुलप्रसाद चौलागाई, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, माधव ज्ञवाली, विकेशलाल श्रेष्ठ, सुदर्शन खरेल विजयी भएका छन् । ७ जना सदस्यमा १४ जनाले उम्मेदवारी दिएका थिए ।

यसैगरी वाणिज्य सदस्य महिला आरंक्षण तर्फ निलम पाण्डे ९२३ , निलम वैद्य ७९५, नेत्रकुमारी भट्ट ४७४ र मनु दाहाल ५२३ ले मत प्राप्त गरेका छन् । जसमा पाण्डे र वैद्य विजयी भएका छन् ।पश्चिमी क्षेत्र सदस्यमा कृष्णहरि बर्तौला ५६५, राजु राउत ३९७ र राधिका सामरी पाण्डे ४६२ मत प्राप्त गरेकाछन् । जसमा बर्तौला विजयी भएका छन् । अध्यक्ष पदको मतपत्र भने केही बेरमा गणना सुरु गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*