हेटौँडा/ मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् ।
उनले अर्का उम्मेदवार राजकुमार न्यौपानेलाई पराजित गर्दै १ हजार २४६ मत ल्याई विजयी भएका हुन् । न्यौपानेले भने १ हजार १५५ मत प्राप्त गरेका थिए । उनी ९१ मत अन्तरले पराजित भए ।
अध्यक्ष पदका लागि वाणिज्यको १,५१५ मत, उद्योगको ७५३ मत, एशोसियटको ११६ मत, र वस्तुगत ३१ मत गरी २ हजार ४१५ मत खसेको थियो ।
निर्वाचनमा कडा प्रतिस्पर्धाका साथ गुप्ता र न्यौपानेको भिडन्त देखिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रको चुनावमा पराजित भएका न्यौपाने पुनः जिल्लामा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनी संघको पूर्व अध्यक्ष समेत रहेका छन् । यस अघि गुप्ता भने वाणिज्य तर्फको उपाध्यक्ष रहेका थिए ।
सेयर गर्नुहोस्