बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुँदै

हेटौंडा टुडे
११ कार्तिक २०७८, बिहीबार ०८:४१

हेटौँडा/ बागमती प्रदेशमा विहिबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्त गर्ने र सपथ समेत आजै लिने छन् । पाण्डेले हिजो प्रदेश प्रमुख समक्ष गठवन्धन दलका तर्फबाट मुख्यमन्त्रीका लागि दावि पेस गरेसंगै उहाँलाई मुख्यमन्त्री वन्ने बाटो पनि खुलेको छ ।

पाण्डेले आजै चार सदस्य मन्त्रीपरिषद गठन गर्ने तयारी गरेको वताएका छन । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे नेतृत्वमा सरकार निर्माण गर्न सहमति गरेको छ । त्यही सहमती अनुसार पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन ।

गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले नेकपा (एस) का संसदीय दलका नेता पाण्डेको नेतृत्वमा सरकार जाने निर्णय गरेको हो । ‘नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेसँगै बहुमत सदस्यको हस्ताक्षर लिएर हामी प्रदेश प्रमुखको मा बुझाइसकेका छौ’। कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार गठबन्धनमा रहेका ५९ जनाले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई चयन गर्न हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाएको वताए ।

प्रदेशसभामा एमालेका ४३, प्रमुख प्रतिपक्षी माओवादी २३ र कांग्रेस २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जसपा का एक गरी १०९ सदस्य छन् । प्रदेशसभामा नयाँ सरकार बनाउन ५५ मत भए पुग्छ ।

गठबन्धनबाट पहिलो चरणमा पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा ९एस० का उपनेता कृष्ण खनालले शपथ लिने तयारी छ । ‘मुख्यमन्त्रीसहित पहिलो चरणमा चार सदस्यीय मन्त्रपरिषद् गठन गर्ने तयारी रहेको छ । तिहारलगत्तै हामी विश्वासको मत लिन्छौं र मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं’, पाण्डेले भने । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् ।

आगामी मुख्यमन्त्री पाण्डेले गठबन्धनले आवश्यकताका आधारमा मन्त्रालयको संख्या थपिने बताए। ‘हामी गठबन्धनमा छौं । आवश्यकताका आधारमा मन्त्रालय बढ्न सक्छ । हामी त्यसका लागि तयारी गर्नेछौं ।’, उहाँका अनुसार दलहरुबीच मन्त्रालयको बाँडफाँड भइसकेको छैन ।

वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नु भएको छ । शाक्य अल्पमतमा परेसँगै बागमतीमा विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत सुरु भएको थियो । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*