हेटौँडा/ नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
यसैगरी बागमती प्रदेश सरकारमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला तथा कानुन, कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्रीमा नियुक्त गरी मन्त्रालयको जिम्मा लगाइएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै शपथग्रहण गराउनुभएको हो । मुख्यमन्त्रीको सपथ लिए सँगै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुभएको छ । खनाल नेकपा (एकिकृत समाजवादी)बाट भंडेल नेपाली कांग्रेसबाट र मोक्तान नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । यी मन्त्रीहरु आफ्नो पार्टीको संसदीय दलको उपनेताको रुपमा रहेका थिए ।
कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेको नेतृत्वमा नयाँ सरकार बनेको हो । तत्काल तीन मन्त्रीसहित सरकारमा गएका पाण्डेले तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी रहेको छ ।