बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता थपलियाको राजीनामा

हेटौंडा टुडे
१२ कार्तिक २०७८, शुक्रबार ०९:०६

हेटौँडा/ बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् ।

तत्कालीन मुख्यन्यायाधिवक्ता सुर्य चन्द्र न्यौपानेले राजीनामा दिएपछि २०७६ साउन १२ गते तत्कालीन  मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा थपलियाला मुख्यन्यायाधिवक्तामा नियुक्त भएका थिए।

नेकपा एमाले नेतृत्वको बागमती प्रदेश सरकार ढलेसँगै र नेकपा एसका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै थपलियाले आज राजीनामा दिएका हुन।थपलियाले बिहीबार साँझ आफ्नो राजीनामापत्र प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बुझाएका छन भने प्रदेश प्रमुख शर्माले उनको राजीनामा स्वृकित गरेको बुझिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*