सिमलटारमा कांग्रेसको चियापान कार्यक्रम सम्पन्न

हेटौडा टुडे
१२ कार्तिक २०७८, शुक्रबार १३:१२

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर-११, सिमलटारमा शुक्रबार (आज) नेपाली कांग्रेसद्वारा नेपालीहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको अवरसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।

कांग्रेस ११ नम्बर वडा समितिका सभापति दिपक उप्रेतिको सभाध्यक्षतामा सम्पन्न चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांगेसको केन्द्रिय सदस्य तथा पुर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा करिब एक सय जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली कांगेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसको नगर सभापति उत्सव इटनी तथा पूर्व नगर सभापति आन्नद राम पराजुली, १ नम्बर वडा अध्यक्ष सविन न्यौँपाने, नेपाली कांग्रेसको क्षेत्रीय सभापति लोकबहादुर मोक्तान, तरुन दल नगर अध्यक्ष सुनिल गिरी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*