हेटौंडामा एमालेको अधिवेशन सम्पन्न,अध्यक्षमा पुडासैनी

हेटौंडा टुडे
१३ कार्तिक २०७८, शनिबार २२:२७

हेटौंडा । मकवानपुरको आठ वटा स्थानीय तहमा एमालेको अधिवेशन आज सनिवार भएको छ । हेटौंडा -४ मा रहेको रोयल पार्टी प्यालेसमा भएको नगर अधिवेशनले सर्वसम्मत रुपमा सालिकराम पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय उपमहानगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचीवमा बोलबहादुर कार्की, उपसचिवमा उर्मिला श्रेष्ठ, अर्का उपसचिबमा जेन श्रेष्ठ लगायत ८५ सदस्य कमिटी चयन भएको हो । अधिबेसन  उदघाटन नेकपा एमाले नेता तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*