हेटौंडा वाइसीएलद्वारा मोटरसाइकल र्यालि

हेटौंडा टुडे
१३ कार्तिक २०७८, शनिबार २२:५२

हेटौंडा । वाइसीएल नेपाल उपमहानगरपालिका कमिटीको आयोजनामा आज सनिवार हेटौंडामा मोटरसाइकल र्यालीमा र्याली निकालिएको छ । भोलि हुने वाइसीएल हेटौंडा उपमहानगरको एकता विभाजन पछिको प्रथम् सम्मेलनलाई केन्द्रीत गरि सम्मेलन सफल पार्न भन्दै वाइसीएल हेटौंडाले आज मोटरसाइकल र्याली निकालेको हो ।

हेटौंडाको फरेस्टीबाट सुरु गरिएको उक्त मोटरसाइकल र्याली बसपार्क, राप्ती रोड, बुद्धचोक, मानस चोक, संगमचोकको परिक्रमा गर्दै  हेटौंडा ४ हुप्रामा पुगेर समापन भएको हो । कार्यक्रमममा नेपालका केन्द्रीय सदस्य प्रकाश चन्द्र पाण्डे, मकवानपुर जिल्ला इन्चार्ज सुमन पाख्रिन, अध्यक्ष राजकुमार मोक्तान, सचिव लवराज ठकुरी, जिल्ला सदस्य सुन्दर लामा, वाइसीएल हेटौंडा उपमहानगर अध्यक्ष बिरबहादुर गोले (सानु) लगायतको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*