हेटौँडा/ बौद्धिक अपाङ्ग अभिभावकसंघ मकवानपुरले अपाङ्गता भएका व्यक्तिलाई राखेर पढाउनका लागि डे–केयर सञ्चालन गर्नका लागि माग गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर समक्ष उनीहरुले अपाङेगता भएका व्यक्तिहरुलाई राखेर अध्यापन गर्ने र हेरविचार गर्नका लागि डे–केयर सञ्चालन गर्नका लागि माग गरेका हुन् ।
हेटौंडा–७ को नबज्योती माबिमा भर्ना भएर न्युरेनीमा डे–केयरमा अध्यापन गराउँदै आएकोमा कोरोनाका कारण बन्द भएकाले फेरी सञ्चालन भएपनि हेरालुको समस्या भएको मेयर महत समक्ष गुनासो गरेका छन् । अहिलेको कठिन अवस्था भएकाले सञ्चालन गर्नका लागि सहयोगको माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर महतले अपाङ्गता भएकाहरुलाई अध्यापन गराउनका लागि सक्दो सहयोग गर्ने वताउनुभयो । अरु सहज रुपमा अध्यापन गर्ने र अपाङ्गता भएका व्यक्तिहरु एकै नहुने भएकाले यसमा स्थानीय सरकारले पहिले पनि सहयोग गरेको र अब पनि सहयोग गर्ने वताउनुभयो ।