राष्ट्रपति विद्यादेवी भण्डारी आज मनाङ भ्रमणमा जादै

हेटौडा टुडे
१५ कार्तिक २०७८, सोमबार ०८:३३

हेटौँडा/ राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) मनाङ भ्रमणमा जाने भएकी छन् ।

राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ जाने जनाइएको छ। ।मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिएका छन।

राष्ट्रपति भण्डारीले गत असारमा गएको बाढी पहिरोले मनाङका केही क्षेत्रमा भएको क्षति र बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने बुझिएको छ।राष्ट्रपति भण्डारी आजै काठमाडौं फर्किने छिन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*