• मकवानपुरगढी गाउँपालिका

गढी –३ निवासी घिमिरे पुनः कांग्रेस मै फर्किए

हेटौडा टुडे
१५ कार्तिक २०७८, सोमबार १२:३३

हेटौँडा/ मकवानपुरगढी गाउँपालिका वडा नम्वर –३ का कांग्रेसका क्रियाशील सदस्य उद्धव घिमिरे पुनः कांग्रेसमै फर्किएका छन् । केही दिन अघि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका उनी पुनः कांग्रेसमै फर्किएका हुन् ।

उनलाई कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेले खादा लगाएर स्वागत गरेका हुन् । मकवानपुरगढी गाउँपालिका वडा नं ७ मा कांग्रेसले नजिकिँदै गरेको तिहारको अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा २५ जना प्रवेश गरेका छन् ।

कांग्रेसका जिल्ला सदस्यसमेत रहेका अर्जुन दाहाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि घिमिरेपनि सँगै नेकपा एसमा गएका थिए । तर, आफु बिगत लामो समयदेखि कांग्रेसमा क्रियाशील रहेको र आगामी दिनमा पनि कांग्रेसमै रहने विचारले पुनः पार्टीमा फर्किएको घिमिरेले बताए ।

उनले भने ‘कांग्रेसमा लामो समयदेखि क्रियाशील छु । बहकिएर अन्यत्र पुगेको थिएँ । तर लोकतन्त्र र समाजवादको पक्षधर कांग्रेस छाडेर अन्त बसिरहन सकिन त्यसैले आएँ ।’

कार्यक्रममा कांग्रेस हेटौंडा नगरका पूर्व सभापति आनन्दराम पराजुली, मकवानपुर क्षेत्र नं २ का सभापति यतिराज सापकोटा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*