हेटौँडा/ नेकपा एकिकृत समाजवादी हेटौंडा नगरको आयोजनामा चियापान कार्यक्रम भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यता तथा नगर अध्यक्ष ध्रुवकुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले नेकपा एस पहिलो पार्टीको बन्ने बताउदैं छोटो समयमा ठुलो फड्को मार्दै अघि बढिरहेको बताए ।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य ललित कुमार बस्नेत, केन्द्रीय सदस्य तथा कानुन विभाग सह–ईन्चार्ज घनप्रसाद गौतम, प्रदेश कमिटि सदस्य यादव प्रसाद गजुरेल, निर्वाचन कमिटि प्रमुख टिपी रुपाखेती, अखिल नेपाल किसान महासंघ प्रदेश संयोजक होमनाथ चौलागाई, जिल्ला सचिवालय सदस्य रघु आचार्य, नारायण अधिकारी, जिल्ला सदस्य देवराज गौतम, अर्जुन प्रसाद दहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिती रहेको थियो ।






















