फोहोर व्यवस्थापनका लागि गढी-२ को विभिन्न ठाउमा राखियो रिङ्ग

हेटौंडा टुडे
१६ कार्तिक २०७८, मंगलवार १६:०५

हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ मा फोहोर व्यवस्थापनको लागि विभिन्न ठाउँमा  रिङको राखिएको  छ ।

आफ्नो वडा वरपर भएका फोहोरहरुलाई व्यवस्थापन  गर्नको निम्ति कान्तिलोकपथ मार्ग लगाएत अन्य ठाउँमा गरि जम्मा ४० वटा रिङको ब्यबस्थापन गरिएको वडा सदस्य राम प्रसाद पुडासैनीले जानकारी दिनुभयो । फोहोर व्यवस्थापन  गर्नको लागि वडा कार्यलयले रिङ्गहरु कान्तिराजपथ, जितपुरभञ्याङ, कुर्ले र बासपानी गरिएको छ । पसल, होटल र घरबाट निस्किएको कुहिने ,नकुहिने फोहरहरुले गर्दा वातावरण प्रदुषण बढ्दै गएकाले गर्दा जनप्रतिनिधि सङै आफ्नो सक्रियता आफ्नो टोल आफैँ बनाउ भन्दै यो अभियान सुरु गरिएको गढि गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बखान सिहं पाख्रिनले हेटौँडा टुडेलाई जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*