मकवानपुरमा देउसी भैलो राती ८ बजे सम्म मात्र खेल्न पाईने

हेटौडा टुडे
१६ कार्तिक २०७८, मंगलवार २२:४३

हेटौंडा ।  दिपावलीको अबसरमा मकवानपुरमा राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यालयले जिल्लाबासिहरुलाई आग्रह गरेको छ ।

मकवानपुर प्रशासनले कोरोना संक्रमणलाई मध्यनजर गर्दै राती ८ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न गराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ । त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने मकवानपुर प्रशासनले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*