हेटौँडा/ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले बुधबार मकवानपुर गढी गाउँपालिका-८ बुढीचौरका ४ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेका छन ।
कांग्रेस मकवानपुर गढी गाउँपालिका-८ का वडा सभापति बेदनाथ न्यौपानेको सभाध्यक्ष तथा नेता बानियाँको प्रमूख आथित्यतामा शुभदिपावली, छठ, क्रिसमस तथा ल्होसार जस्तो चाडबाडको मुखमा गरिव जनतालाई केही राहात हुने लक्ष्यका साथ गढी-८ बुढीचौरका ४ सय घरपरिवारलाई प्रति परिवार २५ किलो चामल, नुन दाललगायतका खाद्य सामाग्री वितरण गरेका हुन ।
खाद्यान्न वितरण कार्यक्रममा प्रतिनिधिसभा १ का संघीय सभापति यतिराज सापकोटा, क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली, वडा अध्यक्ष कुमार घिसिङलगायतको उपस्थिति रहेको थियो ।
सेयर गर्नुहोस्