हेटौँडा/बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत दिन आह्वान गरेका छन् । उनले आज (सोमबार) को प्रदेश सभा बैठकमा विश्वासको मत मागेका हुन् । सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न अनुमति दिएका हुन् ।
गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र),नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आज विश्वासको मत लिँदैछन् । पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त थिए ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नरहे दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले आज विश्वासको मत लिन लागेका हु्न ।
१०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक पर्छ । पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर गरेका छन् । खबरब्रेकबाट






















