नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ मकवानपुर अध्यक्षमा पुन: अर्याल निर्विरोध

हेटौडा टुडे
२८ कार्तिक २०७८, आईतवार ०९:३९

हेटौँडा/ नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मकवानपुरको चौथो वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले हरिशरण अर्याललाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा सुभाष मल्ल, सचिवमा शम्भुप्रसाद गुप्ता, सहसचिवमा प्रकाश अधिकारी र कोषाध्यक्षमा डा। प्रदीप लामालाई निर्वाचित गरेको छ ।

यस्तै सदस्यहरुमा विष्णु अधिकारी, कृष्णकाजी प्रधान, केशवप्रसाद दुलाल, मदन न्यौपाने र गणेश खड्का चयन भएका छन् । ११ सदस्यीय कार्यसमितिमा एक जना सदस्य पछि थप गरिने भएको छ ।

यसअघि पशुपंक्षी औषधि व्यवसायी संघ मकवानपुरको चौथो वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष भुपेन्द्रप्रसाद गौतमले पशुपंक्षीको औषधिआयातमा समस्या रहेको बताउँदै गुणस्तरीय औषधि आपूर्ति आवश्यक भएको बताए ।

संघका अध्यक्ष हरिशरण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, पशुपंक्षी औषधि व्यवसायी संघका केन्द्रीय सदस्य दिनेश कट्टेल, संघका बागमती प्रदेशका निवर्तनमा अध्यक्ष विश्वराज बानियाँ, संघको चितवन शाखाका कोषाध्यक्ष बरदान कँडेल र रमेश अर्यालले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*