नेपाल परिवार दल मकवानपुरको अध्यक्षमा लोप्चन

हेटौडा टुडे
२९ कार्तिक २०७८, सोमबार ०९:१६

हेटौँडा/ नेपाल परिवार दल मकवानपुरको अध्यक्षमा युवा नेता हरिबहादुर लोप्चन सर्वसम्मत चयन भएका छन् । दलको आइतबार सम्पन्न दोस्रो अधिवेशनले लोप्चनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको पहिलो बैठकले थप ६ जना सदस्य मनोनयन गर्ने जनाइएको छ । त्यस्तै उपाध्यक्षमा मायादेवी ढकाल र लोकेन्द्र सुर्खेती, सचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा कृष्णहरि ढुङ्गाना, सह–सचिवमा रेनु लामा चयन भएका छन् ।

दलको सदस्यहरुमा क्रमश सुवास लामा शङ्कर खत्री, राजेन्द्र योञ्जन, रञ्जु श्रेष्ठ, हस्तबहादुर मुक्तान, सिमा परियार दास, इन्धु महर्जन, रेश्मा अधिकारी, जगत बहादुर थिङ् चयन भएका हुन् । नवनिर्वाचित अध्यक्ष लोप्चनले पार्टीलाई सशक्त ढंगबाट अघि बढाउने बताएका छन् । परिवार दलले वर्तमान सरकारले गरेका राम्रा कामको समर्थन तथा गलत कमदका विरुद्ध सशक्त ढंगबाट आवज उठाउने उनको भनाई छ ।

पेट्रोलियम पदार्थ, खाद्यान्नलगायतमा भएको मूल्य बृद्धिको विरोधमा चाँडै विभिन्न विरोधका कार्यक्रम गरिने उनले बताए । जनहितका लागि आफुहरु लागिपर्ने उनको भनाई छ । दलको आसन्न राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट पनि प्रतिनिधिको रुपमा पठाउन पहल गर्ने लोप्चनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*