हेटौँडा/ नेपाल आयल निगमले इन्धनमा बढाएको मूल्यको विरोधमा विप्लव निकट नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा विहानै देखी परेको छ।

बजारमा सबैखाले पसल बन्द छन भने विप्लवका कार्यकर्ता हेटौंडा स्थित पुर्व पश्चिम राजमार्गमै बसेर बन्द सफल परौ भन्दै नाराबाजी गरिरहेका छन। शैक्षिक संस्था बन्द छन, हलुका सवारी बाहेक हेटौंडा भएर चल्ने लामो तथा छोटो दुरीका सवारी चल्न सकेका छैनन।प्रेस,एम्बुलेन्स,अत्यावश्यक सामान बोक्ने सवारी चल्न दिइएको छ।

हेटौंडा मा प्रहरीको बाक्लो उपस्थिती रहेको छ। यो समाचार तयार पार्दासम्म सम्म कुनै पनि अप्रिय घटनाको जानकारी प्राप्त नभएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।

सेयर गर्नुहोस्






















