हेटौंडामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालक रिजालको मृत्यु

हेटौडा टुडे
१ मंसिर २०७८, बुधबार ०७:२१

हेटौंडा ।  हेटौंडा-९ पशुपतिनगरको हनुमान गेट नजिक बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक  कैलाश गाउँपालिका वडा नंबर ४ कालिकाटारका अन्दाजी २४-२५ वर्षीय अविरल रिजालको रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

गएराति हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ३४ प ६०४४ नंबरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ११९३ नंबरको बोलेरोले ठक्कर दिदा दुर्घटना भएको हो ।  ठक्कर दिने बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*