कांग्रेस प्रतिनिधिसभा १ (ख) मा बानियाँ नेतृत्वको टिम घोषण

हेटौंडा टुडे
१ मंसिर २०७८, बुधबार २१:२२

हेटौंडा ।  नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेश सभा (ख) सभापतिका उम्मेदवार  राजेश बानियाँले पत्रकार सम्मेलन मार्फत  आज आफ्नो टिम सार्वजनिक गरेका छन। हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष समेत रहेका बानियाँको नेतृत्वमा उपसभापतिमा  विनोद शर्मा र शुक्र जोशी  रहेका छन् । त्यसैगरी  सचिव पदमा प्रदिप कँडेल र गोकर्ण सुवेदी, सह–सचिव पदमा केदार ढोडारी र सानुकान्छा दोङ रहेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधितर्फ शर्मिला श्रेष्ठ, लक्ष्मी न्यौपाने, गिता न्यौपाने महिला खुल्ला तर्फको सदस्य पदका उम्मेदवार हुनेछन् ।

पुरुषतर्फको खुल्ला सदस्य पदमा भवनाथ अधिकारी, गुरुप्रसाद गोपी, दीपक तिवारी, सुनिल गिरी, अचुत शर्मा, ऋषिराज बानियाँ र अभय श्रेष्ठ उम्मेदवार हुँदैछन् । खसआर्यतर्फ (महिला)सदस्यमा प्रमिला खतिवडा र पुरुष सदस्यमा रामहरी आचार्य र भरतराज न्यौपाने रहेका छन् । आदिवासी जनजातीबाट महिलातर्फको सदस्यमा विमला थिङ, पुरुषतर्फ महारत्न लामा अर्जुन कुमार थिङ, दलिततर्फ कृष्ण नेपाली र अल्पसंख्यकतर्फ सविन भट्टाचार्य उम्मेदवार हुने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*