औद्योगिक क्षेत्र प्रदेश सरकारको नेतृत्वमा आउनुपर्छ: मुख्यमन्त्री पाण्डे

हेटौडा टुडे
२ मंसिर २०७८, बिहीबार १०:५७

हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले औद्योगिक क्षेत्र प्रदेश सरकारको नेतृत्वमा आउनुपर्ने कुरा बताएका छन।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा महिला उद्यमी समितिको हेटौंडामा आजबाट सुरु भएको दोस्रो सम्मेलनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकार उद्योग प्रति प्रतिबद्ध रहेको बताउदै प्रदेश भित्र रहेका औद्योगिक क्षेत्र प्रदेश सरकारको नेतृत्व आउने पर्ने बताएका हुन।

ूबागमती प्रदेशमा रहेका ४ वटा औद्योगिक क्षेत्रलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्री र गृहमन्त्री ज्युलाई आग्रह गरेको छु,प्रधानमन्त्री ज्यू र गृहमन्त्री ज्यु सकारात्मक हुनुहुन्छू(मुख्यमन्त्री पाण्डेले भने।

उनले कार्यक्रममा हेटौंडा औद्योगिक क्षेत्रमा रहेका अधिकांश उद्योगमा बनमारा उम्रेर बसेको बताउदै त्यस्ता उद्योगलाई निश्चित एन कानुन बनाएर प्रदेश सरकारले चलाउनु पर्ने बताएका छन।उनले औद्योगिक ऐन र नीति आवश्यक रहेको समेत उल्लेख गरेका छन।उनले आफु उद्योगी नभएपनि २०४८ सालमा तत्कालीन मनमोहन अधिकारी नेतृत्व छायाँ सरकारको वाणिज्य तथा आपूर्ति मन्त्री रहदा आफुले उद्योगी व्यवसायीको दुख पीडालाई बुझेको बताए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*