हेटौंडा/नेपाली कांग्रेस मकवानपुरको २ वटा प्रतिनिधिसभा अन्तर्गतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) मा दुई जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
दलित तर्फ कृष्ण कुमार नेपाली र अल्पसंख्यकतर्फ सविन भट्टाचार्य निर्विरोध निर्वाचित भएको मतदान अधिकृत अधिकारीले बताएका छन ।
हेटौंडा– ५ अब्बल डाँडा स्थित श्री गणेश पार्टी प्यालेसमा प्रदेशसभाको क्षेत्रीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधीको अधिवेशनको मतदान कार्य केही समय अघि सुरु भएको छ ।
२६५ प्रतिनिधिले मतदान गर्ने मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) मा सभापतिमा राजेश बानियाँ र रमेश ध्वज कार्की दुई जनाको प्यानल चुनावी मैदानमा रहेका छन् । अपराहन्न ४ बजेसम्म मतदानको समय तोकिएको र आज साँझै मतपरिणाम आइसक्ने निर्वाचन अधिकृत अधिकारीले बताए।
सेयर गर्नुहोस्






















