हेटौंडा/नेपाली कांग्रेस मकवानपुरको ४ वटै निर्वाचन क्षेत्रमा शुक्रबार (हिजो) अधिवेशन भएको छ । अधिवेशनले सबै क्षेत्रमा नयाँ नेतृत्वसमेत चयन गरेको छ । केही पदमा सहमतिबाटै नेतृत्व चुनिएका छन् भने केहीमा निर्वाचन गरिएको कांग्रेस मकवानपुरले जनाएको छ ।
यस्तो छ मत परिणाम
प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा सभापति पदमासुशान्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ निर्विरोध चयन भएका हुन् । सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सचिव पदमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् । सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका हुन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी निर्विरोध भएका छन् । त्यस्तै, खस आर्यतर्फ बालकृष्ण सापकोटा, आदिबासी जनजातिको महिला महिलातर्फको सदस्यमा कृति ग्लान र भानुमाया सोराइली, पुरुषमा दीपक सिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रिन निर्विरोध भएका हुन् । दलिततर्फको सदस्यमा अनिल विक र मधेसी, अल्पसंख्यक, मुस्मिल, अपाङ्गतातर्फ रामशरण माझी निर्विरोध भएका छन् ।
खुल्लातर्फ भने १३ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये ७ जना निर्वाचित भएका छन् । पंकज थापा ३०३, उद्धव सत्याल २९३, नवराज खतिवडा २७२, तेजप्रसाद घिमिरे २७२, मोहन प्रसाद ढकाल २५७, ध्रुवप्रसाद दुलाल २४५ र सचित थापा २४४ मत प्राप्त गरी निर्वाचित भएको मतदान अधिकृत गणेश हुमागाईँले जानकारी दिएका छन् ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र १ को (ख) मा सभापति राजेश बानियाँ निर्वाचित भएका छन् । उनले १ सय ७७ मत प्राप्त गर्दा अर्का उम्मेदवार रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापति पदमा विनोद शर्मा १६० र शुक्रराज जोशी १५६ मतसहित निर्वाचित भएका हुन् । अर्की उम्मेदवार रिना गौतमले ९३ र सुभाष न्यौपानेले ७६ मत प्राप्त गरेका हुन् ।
त्यस्तै सचिव पदमा गोकर्ण सुवेदी १८० र प्रदीप कंडेल १९२ मतसहित निर्वाचित भएका हुन् । अर्का उम्मेदवार विक्रम लामाले १०६ मत प्राप्त गरेका हुन् । सह–सचिव पदमा केदार प्रसाद ढोडारी १८८ र सानुकान्छा दोङ १९३ मतका साथ निर्वाचित भए । अर्का उम्मेदवार एक्काबहादुर मोक्तानले १०४ मत पाए ।
प्रदेश अधिवेशनको महिलातर्फ प्रमिला कुमारी खतिवडा १५५, लक्ष्मी श्रेष्ठ १८६, शर्मिला श्रेष्ठ १८४, सीता गिरी ११६ र शुप्रभा अर्यालले ५९ मत पाएका थिए । जसमा खतिवडा, लक्ष्मी श्रेष्ठ र शर्मिला श्रेष्ठ विजयी भएका हुन् । खुला प्रत्यक्षतर्फ अनुप विश्वकर्मा ६३, अभय श्रेष्ठ १७०, ऋषिराज बानियाँ १७७, कालु घलान १३४, गितानाथ संजेल ६३, गुरुप्रसाद दाहाल गोपी १८७, घनश्याम नेपाल १३६, चेतप्रसाद गौतम १२५, दीपक तिवारी १६१, दीपकलाल खतिवडा ८६, भवनाथ अधिकारी १४८ र सुनिल गिरीले १९१ मत पाएका थिए । जसमा श्रेष्ठ, बानियाँ, दाहाल, नेपाल, तिवारी, अधिकारी र गिरी विजयी भएका हुन् ।
त्यस्तै, खसआर्य महिलातर्फ गिताकुमारी न्यौपाने १४३ मतसहित बिजयी भएकी छिन् । अर्की उम्मेदवार मिना ढुङ्गानाले ७४ मत पाइन् । खसआर्य खुलातर्फ भरतराज न्यौपाने १४९, माधव प्रसाद न्यौपाने ११४ र रामहरि आचार्यले २०१ मत पाएका थिए । जसमा न्यौपाने र आचार्य विजयी भएको निर्वाचन अधिकृत रामकुमार अधिकारीले बताए ।
आदिबासी जनजातिको महिलातर्फ विमला थिङ १८१ मतसहित विजयी भइन् भने अर्की उम्मेदवार चिनमाया थिङले ५२ मत पाइन् । खुला तर्फ भने अर्जुनकुमार थिङ २१३, डेमिज थापामगर ६५ र महारत्न लामाले २०३ मत पाएका थिए । जसमा थिङ र लामा विजयी भएका छन् ।
क्षेत्र नम्वर २ प्रदेशसभा(क) को सभापतिमा खड्गबहादुर गोपाली निर्वाचित भएका छन् । उनले ३ सय ७० मत प्राप्त गरि विजयी भएका हुन भने यता गर्दा अर्का उम्मेदवार सुजन गोपालीले १३२ मत पाएका थिए । उपसभापतिमा इश्वरी शाही ठकुरी २७७, निरोज रानामगर २०९, रन्जन कठायत ३११ र रामशरण तामाङले ११४ मत प्राप्त गरेका थिए । जसमा ठकुरी र कठायत विजयी भएका हुन् ।
त्यस्तै सचिवमा भने नरहरी गोपाली ३७४, सुरेश लामिछाने १४९ र राजेशबाबु सापकोटाले ३२६ मत पाएका थिए । जसमा गोपाली र सापकोटा विजयी भए । सहसचिवमा कुमार लामा १६५, रामशरण गोपाली ३०४, समिता रसाइली २७७ र हरिशरण देवकाटाले १०९ मत पाएका थिए । जसमा गोपाली र रसाइली विजयी भए ।
प्रदेश अधिवेशनको महिलातर्फ कुसुम सुवेदी बानियाँ, बुनुकुमारी आचार्य, राधिका सुनार निर्विरोध चयन भएका छन् । खुला प्रत्यक्षतर्फ अच्युत अधिकारी ३१३, अमृत तामाङ १७७, दिनेश शिवाकोटी २६४, दीपक गोपाली १३९, नन्दलाल लामा १३४, नवराज लामा २१६, प्रविण हुमागाई २७९, मिलन पुडासैनी ३१८, रामकृष्ण लामिछाने २२७, रामशरण धिताल ७८, रुपक बानियाँ २६२, विकेशलाल श्रेष्ठ ३७३, विक्रमसिंह गुरुङ १५६ र सरोज लामाले १२९ मत पाए । जसमा श्रेष्ठ, पुडासैनी, अधिकारी, हुमागाई, शिवाकोटी, बानियाँ र लामिछाने विजयी भएका हुन् ।
त्यस्तै, खस आर्यतर्फ सन्तोष चौँलागाई २९१ मतसहित निर्वाचित भए । अर्का उम्मेदवार गोपाल अधिकारीले १३१ मत पाए । महिलातर्फ जानकी गिरी निर्विरोध भइन् । आदिबासी जनजाति पुरुषतर्फ नेत्रमान प्रधान ३१७, सुमन गोले २१३ र विकास बलामीले ३३० मत पाए । जसमा प्रधान र बलामी विजयी भएका हुन् । महिलातर्फ भवानी प्रधान र सञ्जिता घलान निर्विरोध भएका हुन् । दलित तर्फभने पुरुषोत्तम विश्वकर्मा र अपाङ्गतातर्फ राजाराम नेपाल निर्विरोध चयन भएका हुन् । सो क्षेत्रमा ५४७ मतदाता रहेकोमा ५२७ मत खसेको निर्वाचन अधिकृत राजुबाबु पहाडीले जानकारी दिए ।
प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा (ख) को सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् । कालाखेतीले २ सय ९२ मत पाउँदा प्रजाले २ सय २३ मत पाए ।
उपसभापतिमा मुक्तिनाथ अधिकारी १५५, राजकुमार ब्लोन २१७, भुवन नेगी ३०४ र रामकुमार वाल्पा थिङले २५७ मत पाए । जसमा नेगी र थिङ विजयी भएका हुन् ।
त्यस्तै सचिवमा शिद्धलाल लामा १७२, रामकृष्ण गुरुङ १२७, नवराज पौडेल २६० र कृष्ण योन्जनले ४४३ मत पाए । जसमा पौडेल र योन्जन विजयी भएका हुन् । सहसचिवमा राजेश अधिकारी १४४, गोपिलाल थिङ ३११, शालिकराम अधिकारी २५६ र ज्ञानबहादुर घलानले १८३ मत पाए । जसमा थिङ र अधिकारी निर्वाचित भएका हुन् ।
प्रदेश अधिवेशनको महिला तर्फ भने पवित्रा अर्याल १६६, चन्द्रावती लटौला १४२, देवकी उप्रेती २६६, चरिमाया नेगी २१३, पद्मादेवी श्रेष्ठ २२१ र यासिका घिसिङले २४१ मत पाए । जसमा उप्रेती र उप्रेति, श्रेष्ठ र घिसिङ विजयी भएका हुन् । खुला प्रत्यक्षतर्फ रत्नबहादुर ब्लोन २९५, निराजन बर्तौला २३५, जगनाथ अधिकारी १२६, सानुबाबु लामा १६८, कृष्णहरि कालाखेती २१६, दीपक नगरकोटी १६८, ज्ञानबहादुर पाख्रिन १५३, गुणराज स्याङतान २०३, बलिन्द्र ब्लोन १६४, निरशंकर लामा २५३, कविता बर्तौला २५१, वेलबहादुर मुक्तान २१०, कान्छाराम रुम्बा २८० र ज्ञानेन्द्र बर्तौलाले १९५ मत पाएका थिए । जसमा बर्तौला, कालाखेती, रुम्बा, लामा, बर्तौला, मुक्तान र ब्लोन विजयी भएका हुन् ।
त्यस्तै, खस आर्यतर्फ प्रह्लाद अर्याल १६२ र जयन्ती पाठक २६० को उम्मेदवारी परेकोमा पाठक विजयी भएका हुन् । आदिबासी जनजातिको महिलातर्फ सावित्री थिङ १८४, संगीता थिङ २५४, सीता बल २७४ र जमुना गुरुङले १४४ मत पाएका थिए । जसमा बल र थिङ विजयी भएका हुन् । खुला तर्फभने टेकबहादुर पाख्रिन २०५, मित्रलाल मुक्तान १६१, निजन घलान २५४, ठुलोकान्छा लामा २६५, र सागर जिम्बाले २७१ मत पाएका थिए । जसमा घलान, लामा र जिम्बा विजयी भएका छन् । दलित तर्फभने लोकबहादुर नेपाली निर्विरोध भएका छन भने अल्पसख्ंयकतर्फ विनोदकुमार प्रजा २५५ विजयी भए । अर्का उम्मेदवार विन्दु प्रजाले १८४ प्राप्त गरिन् ।






















