म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन : प्रचण्ड

टुडे संवादाता
२०७८ मंसिर ८, बुधबार १३:०६ गते

काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जनतासँग सुनाएका योजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा नगरिदिएको बताएका छन्। बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले ओली खलनायक परेको बताए। ‘मैले त एउटा सपना देखेको थिएँ, कम्युनिस्टहरुलाई एक गरेपछि देशमा राजनीतिक स्थायित्व होला। छिटोछिटो विकास होला। सामाजिक न्याय होला भनेर केपी ओलीलाई मैले नै दुईपटक प्रधानमन्त्री बनाएँ। तर नायक होइन, खलनायक परेछन्। मैले जनताको अगाडि बोलेको छ भने, प्रचण्डलेको बोलेको नगर्ने कसम खाएछन्’, उनले भने।

 

उनले ओली सोही कारणले बालुवाटारबाट बालकोट पुगेको र प्रदेश सरकारबाट पनि हात धुन परेको बताए। प्रचण्डले अब त्यस्तो नहुने बताए। ‘हुन त अहिले म प्रधानमन्त्री त छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन’, उनको भनाइ छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*