हेटौंडा / नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले आज दिउँसो पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
दुई दिन अघि मात्रै संघको क्षेत्रीय अधिवेशन सम्पन्न भएको र बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै गर्नुपर्ने कारणले गर्दा जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने बानियाँले जानकारी दिनु भयो ।
बागमती प्रदेश अधिवेशनको तयारी गर्नुपर्ने भएकाले जिल्ला पदाधिकारी र सल्लाहकार सहितको बैठकले कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन सार्न सर्वसम्मत निर्णय गरेको साथै अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्न निर्वाचन अधिकृत समक्ष अनुरोध गरेको समेत पत्रकार सम्मेलन मार्फफ जानकारी दिनु भयो ।
सेयर गर्नुहोस्