एमाले महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन जाँदै

टुडे संवादाता
२०७८ मंसिर १०, शुक्रबार १२:०८ गते

चितवन/प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न चितवन जाने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा अहिले केहिबेरमा हेलिकोप्टरमार्फत चितवनतर्फ प्रस्तान गर्न लागेका हुन् ।

महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । महाधिवेशन उद्घाटनसत्रका लागि नारायणी नदी किनारलाई झकिझकाउ बनाइएको छ । भव्य मञ्चले नारायणी नदीको स्वरूप फेरिएको छ । एमालेका झन्डा, ब्यानर र बोर्डहरूले नदी किनार भरिभराउ छ । नेता कार्यकर्ताको चहलपहल बढ्दै गएको छ । विभिन्न जिल्लाबाट रातको समयमा पनि चितवन नेता कार्यकर्ता आइरहेका छन् ।

चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ । करिब ५ सय जना अट्ने आकर्षक मञ्च बनाइएको छ । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्ष पुगेको उपलक्ष्यमा ७२ जना कलाकारले एकै साथ प्रस्तुति दिने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*