हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थामा पुन : दाहाल

हेटौंडा टुडे
११ मंसिर २०७८, शनिबार २१:४७

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ बाबियोडाडा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन: जानकी दहाल चयन भएका छिन । संस्थाको शनिबार(आज) सम्पन्न २३ औ वार्षिक साधारणसभाले दाहाललाई ४ बर्षका लागि पुन:अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

आज सम्पन्न भेलाले संस्थाको उपाध्यक्षमा सारदा दाहल , जिल्ला प्रतिनिधि सदस्य रकमणी ढुंगाना , संचालक सदस्यहरु बसन्ती ठकुरी , सृजना रुम्बा , राधिका लामा, रत्नमाया लामा , बुद्धलक्ष्मी अधिकारी , अनिता सापकोटा ,चन्द्र कुमारी सुनार गरि ९ सदस्यीय सन्चालक समिति चयन भएका छन । त्यस्तै लेखा समिति संयोजकमा संयोजकमा जोसिना बर्तौला लेखा समिती सदस्यमा मिठु अधिकारी र सुभेछ्या दहाल सर्वसम्मत चयन भएका छन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*