एमाले उपाध्यक्षमा घनश्याम भुसालले गराए उम्मेदवारी दर्ता

हेटौंडा टुडे
२०७८ मंसिर १३, सोमबार ०९:४६ गते

हेटौँडा/ नेकपा एमाले नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले सोमबार उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै, उपाध्यक्ष पदका लागि विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले उम्मेदवारी दर्ता गराएका हुन् ।

यससँगै एमाले उपाध्यक्षमा ६ पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्ष र भीम आर्यले सचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेको सौराहामा जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेलेरै अघि बढ्न खोजेको भएपनि अन्नत निर्वाचन हुने नै भएको छ ।

बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर, रावलले उनको प्रस्तावलाई अस्वीकार गरेका थिए । तु खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*