हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाटोको खाल्डाखुल्डी समेत पुर्न नसक्नेले बिधुतीय बसको कुरा गरेर जनतालाइ भ्रममा राखेको बताउनुभएको छ । मकवानपुर उधोग बाणिज्य संघ हेटौंडाले बुधबार आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पूर्वपश्चिम राजमार्गमा परेको खाल्डाखुल्डी समेत पुर्न नसक्ने यसअघिको सरकारले बिधुतीय बस र सुरुङमार्गको नाममा जनताको आँखामा छारो हालिरहेको बताउनुभयो । अहिले भीमफेदी काठमाडौ बाटो फराकिलो बनाउने काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।
न्यूनतम आवश्यकता समेत पूरा नगरेको र कामै अघि नबढेकोले बिधुतीय बसको निर्णय स्थगित गरिएको पान्डेले बताउनुभयो । उहाँले जनताको पैसालाई झ्वाम्म खोलामा फाल्न खोज्नु चैं राष्ट्रघाती भएको बताउदै जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्नका लागि ल्याउने बिधुतीय बसको कुनै औचित्य नहुने उल्लेख गर्नुभयो ।
उहाँले हेटौंडा काठमाडौ सुरुग मार्ग ४ बर्ष बिताउने सरकारले गर्न नसकेको बताउदै १८ अर्बको स्टिमेट रहेको यो ठुलो योजना आफुहरुले १ बर्षमा गर्न नसकने बताउनुभयो । कुनै निजि क्षेत्र आएमा बनाउने अनुमती दिनसक्ने जनाउदै बागमती प्रदेश सरकारले एक रुपैया पनि दिन सक्ने अबस्था नरहेको बताउनु भयो । आगामी मंसीर १९ गते क्याबिनेट बैठक बोलाएर बाटो स्तरिकरण,ट्राफिक व्यवस्थापन, लगाएतका बिषयमा निर्णय गरिने जानकारी दिनुभयो ।
सडकको सेन्टर लाइनबाट दायाँबायाँ २५ मिटर सडक फराकिलो बनाउनु पर्नेमा वहाँको भनाई थियो । तर बैकल्पिक बाटो खोजेर जनताको चाहना अनुसार अघि बढ्ने मुख्यमन्त्री पान्डेको भनाई थियो । प्रदेश भित्र रहेका औद्योगिक क्षेत्र बाउआमा नभएको सन्तान जस्तो भएको बताउदै मुख्यमन्त्री पाण्डेले यसको समस्याहरु उधोग ब्यबसायीहरुले आफुकहाँ लिएर आएमा समस्या समाधानमा जोडदिने बताउनु भयो । मउबा संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष अग्रवालले सडक बिस्तारको समस्या,नापतौलको समस्या,दोस्रो औद्योगिक क्षेत्र बिस्तार हुन नसकेको अबस्थाका बारेमा मुख्यमन्त्री पाण्डेलाई ध्यानकर्षण गराउनु भएको थियो । सरकारले निजि क्षेत्रका नयाँ उद्योग आउने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिदै हेटौडाको सडक बिस्तारमा १६ मिटर छोड्न आफुहरु तयार रहेको बताउनु भयो ।
नापतौल कार्यालय हेटौंडामा आवश्यक रहेको भन्दै उहाँले यसको ततकाल आवश्यक कदम चाल्न प्रदेश सरकार समक्ष अनुरोध गर्नु भयो । कार्यक्रममा नेपाल उधोग बाणिज्य संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले निजि क्षेत्रका ब्यबसायीहरु कोरोना महामारीबाट समस्यामा परेको बताउदै प्रदेश सरकारले बिशेष राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री तथा संघका पदाधिकारीहरु उपस्थित रहेका थिए ।