नेपाली कांग्रेसको १४ औं महाधिवेसन : सभापतिका उम्मेदवार बानियाँले आफ्नो प्यानलको घोषणा

टुडे संवादाता
१७ मंसिर २०७८, शुक्रबार १२:०७

हेटौंडा/नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तरगत बागमती प्रदेशको प्रथम अधिवेशनका लागि सभापतिका उम्मेदवार इन्द्र बहादुर बानियाँले आफ्नो प्यानलको घोषणा गरेका छन् । श्क्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बानियाँले देउवा पक्षबाट आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका हुन् ।

उपसभापतिहरुमा मदन कृष्ण श्रेष्ठ (भक्तपुर), धर्मराज गौतम (काठमाडौं), महामन्त्रीहरुमा राजु श्रेष्ठ (काठमाडौं), तिलक रुवाली (धादिङ) रहेका छन् ।

त्यस्तै,सह–महामन्त्रीहरुमा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), महेन्द्र थिङ (नुवाकोट) र निर्मला खड्का (निरु) (ललितपुर) रहेका छन् । घोषणा कार्यक्रममा केन्द्रीय सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, बहादुर सिं लामा, नेता उदयशम्शेर राणा, तिर्थ लामा लगायत केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री तथा संसद र जिल्ला सभापतिहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*