नेपाली कांग्रेस १४ औं महाधिवेशन: नेतृत्व चयनका लागी आज मतदान हुँदै

टुडे संवादाता
२०७८ मंसिर १८, शनिबार १२:२६ गते

हेटौंडा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागी आज मतदान हुँदै छ ।  हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा विहान ९ बजेबाट मतदान सुरु हुने निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता केशवराज काफ्लेले जानकारी दिए ।

मतदान प्रकृया अन्तर्गत गएराति अवेर गरी निर्वाचन अधिृकतको कार्यालयान उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो ।
कांग्रेस बागमती प्रदेशको सभापतिका लागी नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता एवं मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेन दास प्रधानले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी उप–सभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सह–महामन्त्री महिला तर्फ ३ जना र सह–महामन्त्री खुल्ला तर्फ ७ जनाको उम्मेदवारी परेको छ । सभापतिका उम्मेदवार बानियाँ र केसीले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

बानियाँको प्यानलबाट उप–सभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा महेन्द्र थिङ, हरिशरण श्रेष्ठ र निर्मला बस्ताकोटी खड्काले उम्मेदावारी दिएका छन् । यस्तैगरी केसीको प्यानलबाट उप–सभापतिमा मोहन बहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल र कंचन चन्द्र बादेको उम्मेदवारी रहेको छ ।

प्रधानको तर्फबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शराम पोखरेल, महामन्त्रीमा गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको छ ।

१० स्थानमा मतदान व्यवस्था गरेकोले मतदान छिटै सकिने निर्वाचन संयोजक केशव प्रसाद काफ्लेले जानकारी दिए । बिहीबारबाट सुरु भएको प्रथम अधिवेशनमा १२४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २१३७ जनाले नयाँ नेतृत्व चयनका लागी सहभागीता जनाउँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*