हेटौंडा । हेटौंडाको चौकिटोलमा निर्माण भैरहेको भाटभटेनी सुपर स्टोरको निजि लगानिमा हेटौंडा उपमहानगर पालिका १ चौकिटोलमा ८० लाखको लगानीमा सडक स्तरउन्नति कार्य तथा , वृक्षारोपण गर्ने काम भाटभटेनी सुपर स्टोरले गरिरहेको छ ।
१४ कठ्ठा क्षेत्रफल मा निर्माण भएको भाटभटेनीमा त्यहा आउने सबै ग्राहकलाई आवत जावत गर्दा सडकका कारण थप आकर्षण गर्न सकियोस र भाटभटीको आसपासमा केही सहयोग पुग्योस भन्ने धारणाले उक्त कार्य गरेको हेटौंडा भाटभटेनी सुपर स्टोरका प्रबन्धक विनोद भट्टराईले हेटौंडा टुडेलाई बताउनु भयो । मंसिर २२ गते देखि संचालनमा आउने भाटभटेनीमा ३ दिन विशेष छुट रहेको छ ।
भाडाकुडा, कपडा, खाद्यनबस्तुहरु लाई १० प्रतिशत छुटमा दिइने र विद्युतिय यन्त्रहरु जस्तै टिभी, वासिङ मेसिन, फ्रीज जस्ता ठुला सामानलाई २० प्रतिशत छुट सहित फ्री होम डेलिभरी रहेको पनि भट्टराईले जानकारी दिनु भयो । हेटौंडा आसपासको ठाउँ देखि निजगढ सम्म गरि जम्म ६५ हजार घर धुरीमा निमन्त्रणा गरेको र उक्त निमन्त्रणा स्वीकार गर्दै प्राय सबै आउने पनि उहाँले बताउनु भयो ।
साथै यो २० औ स्टोर रहेको र एक महिना अघि विराटनगरमा नेपालकै ठूलो सुपर मार्केटको रुपमा १९ औं स्टोरको शुभारम्भ गरेको पनि उहाँले बताउनु भयो । हाल सम्म भक्तपुर ललितपुर, काठमाडौ सुन्सरीको धरान, मोराङको विराटनगर , चितवन, लागयत नेपालको विभिन्न ठाउँमा संचालनमा ल्यायको उनले बताए ।
चौकिटोल क्षेत्रको सडक बढाउने, वृक्षारोपणको कार्य भाटभटेनीले नै गरेको र हेटौंडा उपमहानगरपालिका १ को समन्वयमा भएको हेटौंडा उपमहानगरपालिका १ का वडा अध्यक्ष सबिन न्यौपानेले बताउनु भयो ।






















