हेटौंडा । बागमती प्रदेशको महाधिवेशनमा सभापति पदको लागि दोश्रो चरणको निर्वाचनको मतगणना कार्य अहिले बन बिज्ञान अध्ययन सस्था हेटौंडामा जारी छ ।
आज भएको मतदानको ११ सय ७ मत गन्दा जगदिश्वर नरसिंह केसीको ५१८ मत आएको छ भने इन्द्र बानियाँको ५८१ मत आएको छ । आजको मतदानमा जम्मा २ हजार २५ मत खसेको निर्वाचन समितिले जनाएको छ । बागमतीमा जम्मा २१ सय ५१ मतदाता रहेका छन् । हिजो २ हजार ८३ मत खसेको थियो ।
हिजोको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो ।
सेयर गर्नुहोस्






















