कांग्रेस बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ विजयी

टुडे संवादाता
२०७८ मंसिर १९, आईतवार २२:०४ गते

हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन ।

आइतबार सम्पन्न पुन:निर्वाचन मार्फत बानियाँले अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८  मतले पराजित गर्दै बागमती प्रदेश सभापतिमा निर्वाचित भएका हुन।बानियाँले १०८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जगदीश नरसिंह केसीले ९२७ मत मात्र प्राप्त गरेका छन।

शनिबार सम्पन्न निर्वाचनमा सभापतिकाका उम्मेदवार ईन्द्रबहादुर बानियाँ,जगदीश नरसिंह केसी र भिमसेन दास प्रधानले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसक्दा आज पुन: मतदान भएको हो। सभापतिका उम्मेदवार भिमसेन दास प्रधानले पत्रकार सम्मेलन गरी आफ्नो समर्थन ईन्द्रबहादुर बानियाँलाई दिएका थिए।आज भएको दोस्रो चरणको सभापतिको मतदानमा २०२५ जनाले मतदान गरेका थिए। यद्यपी निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गरेको छैन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*