हेटौंडा- ४ हुप्राचौरमा बन्ने भयो १३ तले भबन

टुडे संवादाता
२० मंसिर २०७८, सोमबार २०:३६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा १३ तलाको बहुउदेसीय भवन निर्माण गर्नका लागि आज संझौता गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको रोहबरमा प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई र लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋशी बानियाँका बिचमा संझौतामा आज हस्ताक्षर गरिएको हो ।
कुल ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आवहान गरिएकोमा ४७ करोड ९३ लाख रुपैयाँ ७२ हजार रुपैयाँ लागतमा लामा, रसुवा, बानियाँ जेभीले ठेक्का सकार गरेर आज संझौता गरिएको हो ।
हेटौंडामा सबै भन्दा धेरै रकम लगानीमा हेटौंडाको बसपार्कमा बस टर्मिनल, थानाभ¥याङमा तरकारी थोक बजार र आज संझौता गरिएको बहुउदेसीय भवन निर्माण गर्न लागिएको मेयर हरि बहादुर महतले बताउनुभयो ।
उपमहानगरपालिकाको ठुलो लगानी भएका तीन वटा भवन मध्य दुइवटाको काम भइरेको छ । अर्को बहुउदेस्य भवन भने आज संझौता गरिएको मेयर महतले जानकारी दिनुभयो । तरकारी थोक बजार प्रदेश सरकार र उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको हो भने अरु दुइवटा भवन भने उपमहानगरपालिकाले आफ्नै लगानीमा निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।
हुप्राचौरमा निर्माण हुन लागेको बहुउदेसीय भवन भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागत निस्कीएको थियो । त्यस बाहेकमा ठेक्का आवहान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरेको छ ।
१३ तले भवनमा दुइ तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भ¥याङ, सबै भन्दा माथी भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बताउनुभयो । ब्यापारीक भवनको सबै भन्दा माथी भ्यूटावेरबाट हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिने छ । तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको उपमहानगरपालिकाका योजना महासाखाका प्रमुख सत्यनारायण साहले बताउनुभयो । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमानै सकाउने लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋसी बानियाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*