वडाका सबै सडकहरु २ बर्ष भित्र कच्ची मुक्त हुन्छ: अध्यक्ष सिग्देल

टुडे संवादाता
२० मंसिर २०७८, सोमबार २१:००

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको सडकहरु अबको २ बर्ष भित्रमा कच्चि मुक्त हुने भएको छ ।

हेटौंडा टुडे सँग कुराकानी गर्दै वडाध्यक्ष सिग्देलले हेटौंडा बजार र बस्तीको विकास देखि शिक्षा, खेलकुद र धार्मिक क्षेत्रको विकास अबको केही समयमा सम्पन्न हुने दाबी गरेका छन् ।

सुन्दर हेटौंडा बजारलाई साँच्चै सुन्दर बनाउने तयारीमा आफुहरु  लागि परेका पनि वडा अध्यक्ष सिग्देलले बताउनु भयो । अब केही बर्ष भित्र गाडीको लागि सडक, मनिसको लागि पेटि, भुमिगत ढल, सडकका छेउ छाउमा हरियाली, ठाउँ ठाउमा सिसि टिभी सँगै यस वडाको सबै तिर बिजुली बतिको व्यवस्था र सडक अपाङ्ग मैत्री बनाउने योजना रहेको अध्यक्ष सिग्देलले बताउनु भयो ।आफ्नो वडाका सबै सरकारी विद्यालयमा सबैको पहुँच पुग्ने वतावरणको सिर्जना गर्ने र शिक्षा क्षेत्र कसरी उकास्न सकिन्छ भन्ने तर्फ जाने पनि सिग्देल बताउँछन् ।

भुटनदेबि स्कुलको उत्तरपट्टी जग्गामा छिटै घरेलु उत्पादनको प्रर्दशनी तथा बिक्री गर्ने ठाउँ बनाउनको लागि काम सुरु भईसकेको र त्यो काम पनि छिटोभन्दा छिटो सम्पन्न हुने उनले बताए ।

युवा महिला बालबालिका सम्बन्धि विभिन्न तालिम, सचेतनाहरु निशुल्क रुपमा सञ्चालन गरेको र हेटौंडा बजार मुख्य क्षेत्र भयकोले खेती गर्ने जग्गाको कमि कारण कौसी तरकारी खेतीलाई प्रोत्साहन दिएको पनि सिग्देल बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*