हेटौंडा। प्रेस चौतारी मकवानपुरको जिल्ला अधिवेशन पुस ३ गते हुने भएको छ । प्रेस चौतारी मकवानपुरको बिहिबार भएको जिल्ला कमिटिको बैठकले उक्त निर्णय गरेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालले जानकारी दिए ।
बैठकले अधिवेशनको तयारीको लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ ।
सम्मेलनलाई भब्य बनाउनको लागि तयारी सुरु गरिएको प्रेस चौतारी मकवानपुरका सह–संयोजक पुष्पराज अधिकारीले बताए ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताईएको छ । बैठकमा प्रेस चौतारी नेपालका बागमती प्रदेश सह–संयोजक प्रकाश दाहाल, बागमती प्रदेश सदस्यहरु हरिप्रसाद हुमागाई, देवराज पन्त, दिपेन्द्र रोक्का, पुर्व केन्द्रीय सदस्य सरिता दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
सेयर गर्नुहोस्






















