चेपाङ समुदायकै पहिलो मन्त्री बन्दै मकवानपुरका सन्त चेपाङ

टुडे संवादाता
२३ मंसिर २०७८, बिहीबार १५:३१

हेटौंडा/ बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ चेपाङ समुदायकै पहिलो मन्त्री बन्दैछन् । उनलाई उनको संसदीय दल नेपाली कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो । यसअघि उनलाई पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएका थियो ।

चेपाङ समुदायबाट यसअघि मकवानपुरका गोविन्दराम चेपाङ संविधानसभा सदस्य भएका थिए । चेपाङ समुदायबाट सन्त नै पहिलो मन्त्री हुन् ।

आफुले दलबाट प्राप्त सिफारिस पत्र मूख्यमन्त्रीलाई बुझाउन लागेको उनले जानकारी दिए । उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्दैछन् । अन्य दलबाट पनि राज्यमन्त्री थप्ने तयारी भएपनि दलभित्र छलफल भईरहेको जनाईएको छ । मकवानपुरको काँकडामा जन्मिएका सन्त २०४८ सालदेखि निरन्तर राजनीतिमा छन् ।

यस्तो छ राजनितिक इतिहास

२०४८ सालमा काँकडा गाउँ इकाई सदस्य, २०५३ सालमा वडा सभापति, २०५४ सालको स्थानीय चुनावको प्रचारप्रसार संयोजक हुदाँ नेकपा एमालले निर्घात याताना, २०५६ सालमा नेपाल तरुण दलको काँकडा वडा ईकाइ सभापति, २०५९ सालमा तत्कालीन पार्टी विभाजनमा काँकडा गाउँ इकाई सभापति, २०५९ सालमा पार्टी एकिकृत पछि गाउँ ईकाइ सचिव भएका थिए ।

त्यस्तै, २०६२ सालदेखी २०६७ साल सम्म पार्टीबाट सर्वदलिय संयोजक, २०६४ सालमा पहिला संविधान सभाको निर्वाचन प्रचारप्रसारमा नेकपा माओवादीबाट निर्घात घाइते तथा यातना, मकवानपुर जिल्लाको नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष, नेपाली कांगेस जिल्ला कार्यसमिति सदस्य, १० औं महाधिवेशन मकवानपुर जिल्लाको निर्मावन क्षेत्र नम्बर ४ प्रत्यासी सभापति भए ।

त्यस्तै, घिराङ प्र.वि.वि.स.स अध्यक्ष २ पटक हुनुका साथै नेपाल चेपाङ संघ केन्द्रीय सदस्य, १३ औं महाधिवेशन प्रतिनिधि, राक्सिराङ गाउँपालिकाको कार्यपालिका सदस्य भए भने हाल उनी बागमती प्रदेश सभा सदस्य रहेकाछन् । केहि दिन अघि भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*